जलवायुको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिन आवश्यक : मन्त्री आले

काठमाडौँ, १५ वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे छ । दक्षिण एशियाली देशको मंगलबार बसेकाे मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । यस्तै उहाँले जलवायु परिवर्तनको असर कम गर्न याेबाहेक अरु दीर्घकालीन रणनीति पनि तयार गरिरहेको बताउनुभएको छ ।…