सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन् -'आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस…