दलहरू सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा

काठमाडौँ, १३ वैशाख । कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक गरेर आफूविरुद्ध आउन सक्ने अविश्वास प्रस्ताव सामना गर्ने…