काठमाडौँ, १६ चैत । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । सोमबार बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभयो । चीन सरकारले कोरोनाविरुद्धको…