‘एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला’

पोखरा, ३ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुई दिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो । कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकार भएका निकायका प्रतिनिधि,…