काठमाडौँ, ३० फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा परिमाणमा मद बदर भएको हो । २०७९ सालको मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने…