काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आइतबारको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधि सभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाए । सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईका अनुसार प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन् ।…