काठमाडौँ, २५ फागुन । विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ । मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी विभिन्न १५ वटा राजनीतिक दलका नेतृत्वले देशको विद्यमान…