काठमाडौँ, १ फागुन । काठमाडौँ जिल्लाभित्रका स्थानीय तहले सिर्जनात्मक र नयाँ कार्य गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार वर्ष पुग्न लाग्दा काठमाडौँभित्रका नगरपालिकाले फरक प्रकृतिका सिर्जनात्मक काम गर्ने सुरु गरेका हुन् । स्थानीय तहमा सरकार भएको महसुस गर्ने गरी यहाँका नगरपालिकाले नवीन कार्य गर्न लागेका हुन् । कुनै नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्न…