एमाले फुटाउन अध्यादेश ल्याइँदैछ, मिलेर सामना गरौं: अध्यक्ष ओली

काठमाडौँ, १ भदौ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त अध्यादेशले एमाले विभाजन हुने भन्दै विभाजन रोक्न आह्वान गर्नुभएको छ । सोमबार मध्यरातमा वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले केही समय यता नेकपा एमाले र कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने योजनासहति गतिविधि हुँदै आएको र त्यसैको निरन्तरता स्वरुप…