तिहार सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्व : मन्त्री भट्टराई

काठमाडौँ, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली (तिहार )को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहारको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व,…