तीन महत्त्वपूर्ण परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन पेस

काठमाडौँ, १ पौष । लगानी बोर्डले सहजीकरण गरिरहेका तीन महत्त्वपूर्ण परियोजना निर्माणका लागि विकासकर्ता कम्पनीले विस्तृत आयोजना प्रतिवेदन बोर्डमा बुझाएका छन् । भैरहवा र वीरगञ्जमा बनाउने प्रस्ताव गरिएको प्राइभेट फ्रेट टर्मिनल तथा बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको विकासकर्ता कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डसमक्ष बुझाएको लगानी बोर्डले जनाएको छ । लगानी बोर्ड र विकासकर्ता कम्पनीबीच गत…