काठमाडौँ, ११ मंसिर । पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन । सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीति प्रस्तावसँगै अध्यक्षद्वयको विश्वासमा संकट पैदा भएको हो ।…