काठमाडौँ, ३ कार्तिक । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो । पशुपति क्षेत्र विकास कोषले २…