चाडपर्वको अवसर छोपेर बढी भाडा लिनेलाई ठगीमा मुद्दा चलाइने

काठमाडौँ, २६ असोज । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्दा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने बताएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक-चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाइने बताउनुभयो ।…