दशैंले विपत्ति सामना गर्ने सामर्थ्य प्रदान गरोस्: प्रधानन्यायाधीश जबरा

काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण…