सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न गगन थापाको माग

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले भने, '०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ,” “रास्वपाले पनि त्यही भनेको छ । आयोग बनाउँछौँ र छानबिन गर्छौँ, अवैध हो भने सम्पत्ति…