हम्रो भूमि अतिक्रमण गर्ने विषय स्वाभाविक हुन सक्दैन : महामन्त्री पौडेल

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि रहेको भन्दै कसैले पनि अतिक्रमण गर्ने कुरा स्वाभाविक हुनै नसक्ने बताएका छन् । आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकका क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले राज्यले कूटनीतिक प्रयासमार्फत यसको समाधान गर्नुपर्ने बताए । उनले भने, “प्रभावकारी कूटनीतिक प्रयास अहिलेसम्म हुन सकेन । त्यो कुरा सञ्चारमाध्यममा बोल्ने,…