काठमाडौँ, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएको छ । यसअघि शनिबारसम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन । स्रोतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बोलाउने मनसायमा प्रधानमन्त्री पुगेको देखिन्छ । पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको चर्चा चुलिएको छ,…