युवाहरूकाे अभियान- ‘नो खोप, नो भोट’

काठमाडौँ, १३ जेठ । देश कोरोना महामारीले ठप्प छ । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । अस्पतालले उपचार सेवा धान्न छाडेका छन् । अक्सिजनको अभाव चुलिँदो छ । यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ । सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन् ।…