राम जन्मभूमि विवादः ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

काठमाडौँ, ४ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन् । ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका बताए । ‘बिहानसम्म सीमास्तम्भ थियो, पुजाआजा सकिएर फर्किएपछि एकाएक…