फलफूल तथा तरकारीबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फलफूल तथा तरकारीबाट कोरोना सर्छ भन्दै भ्रम छरिएको स्पष्ट पारेको छ । बुधबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म फलफूल तथा तरकारीबाट कोरोना संक्रमण भएको पुष्टि नभएको भन्दै तरकारी तथा फलफूल नफाल्न आग्रह गरे । मन्त्रालयले स्वदेशी फलफूल तथा तरकारीको नष्ट नगर्न आग्रह गर्दै यसको प्रयोगले…