लिम्पियाधुरासहितको नक्सा राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौँ, ४ असार । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । आज भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । त्यसपछि मत सनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर…