भक्तपुर, १ असार । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषको संयुक्त लगानीमा विनियोजित रु ४० लाखको लागतमा नगरपालिकाको वडा नं। १ सिरुटारको पात्लेटार मैत्री भवनसंगै फुट्सल निर्माणको शिलान्यास भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त फुट्सलको आइतवार शिलान्यास गर्नुभएको हो…