राष्ट्रपतिद्वारा २३३ कैदीको कैद सजाय माफी

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित २३३ कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी नेपालको…