सात समितिका बैठक बस्दै

काठमाडौँ, २७ साउन । आज संसद्का विभिन्न सात वटा विषयगत समितिका बैठकहरू पनि बस्दै छन् । बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा…