चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिदको सम्झौता

काठमाडौँ, ८ वैशाख । सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिदको टुंगो लगाएको छ । बेइजिङस्थित सैन्य सहचारी सहायक रथी विनोद पाण्डेको समन्वयमा सेनाले सोमबार चीनको सरकारी कम्पनीलाई अग्रिम भुक्तानी गर्ने तयारी गरेको छ । सेनाले पठाएको सम्झौताको मस्यौदामा चिनियाँ पक्षसँग आइतबार थप छलफलपछि खरिद गर्ने विषय टुंगो लागेको हो ।…