काठमाडौँ, ४ वैशाख । कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले शुरू गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण शुरू गरेको थियो । ‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि…