काठमाडौँ, २८ माघ । नेपाल विद्युत् प्राधिकरणले अलग्गै (डेडिकेटेड) फिडर तथा दुई सबस्टेशन बीचको प्रसारण लाइन (ट्रंक) मार्फत उद्योगहरूलाई वितरण गर्दै आएको बिजुलीको महसुल हटाउने प्रस्ताव गरेको छ । प्राधिकरणले सो प्रस्तावसहित बिजुली नयाँ महसुल दर हालै विद्युत् नियमन आयोगमा पठाएको छ । नयाँ महसुल सञ्चालक समितिले पारित गरेपछि प्राधिकरणले स्वीकृतिका लागि आयोगमा पठाएको हो…