काठमाडौँ, २७ माघ । प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाउनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख सापकोटाले तीनपटक…