फेवा किनारमा बनाइएका अवैध संरचना हटाउन पोखरा महानगरको अल्टिमेटम

पोखरा, ९ फागुन । फेवाताल किनारमा निर्माण गरिएका अवैध संरचना १५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाले चेतावनी दिएको छ । महानगरले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन भनेको अल्टिमेटम दिएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा तालको सिमाङ्कन सकिएकोले मापदण्डभित्र अवैध संरचना नबनाउन महानगरले निर्देशन दिएको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिकाले कानुन…