काठमाडौँ, २३ मंसिर । लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ । राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त (यूएनएचसीआर)को नेपाल कार्यालयका अधिकारीले ती सोमालियाली आफूलाई बुझाउन अध्यागमन विभागमा दबाब दिएको उच्च स्रोत बताउँछ । यसका लागि उनीहरूले गृह मन्त्रालयसम्म लबिङ गरेका छन् । विभागले भने सोमालियाका नागरिक आवादी फाहाद युसुफ, इब्राहान…