नेकपा प्रदेश नं. ३ को संसदीय दलको बैठक : पार्टी सचिवालयको विरोध

हेटौंडा, २० पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलमा नेताहरुले प्रदेशको नाम र राजधानीको विषयमा तल्लो तहसँग छलफल नै नगरी पार्टी सचिवालयले तोकेको भन्दै विरोध गरेका छन् । शुक्रबारबाट सूरु भएको बैठकमा सांसदहरुले प्रदेशसभाबाट टुङ्ग्याउनुपर्ने बिषयलाई पार्टी सचिवालयले गरेर केन्द्रीयता लादेको बताए । प्रदेशको राजधानी हेटौंडा भुगोलको हिसाबले अपायक ठाउँ भएको…