काठमाडौँ, ५ असार । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने भएको छ । न्यायाधीशत्रय विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बिहीबार उपाध्यक्ष डा हेमराज शर्माले २०८१ असोज ११ गते उत्प्रेषणयुक्त परमादेशको माग गरी दायर गरेको निवेदनमा अनुमति हुने आदेश गरेको हो । २०८० चैत…