काठमाडौँ, ४ फागुन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रेनु दाहालले जनसमुदायबाट प्राप्त समर्थनले आफू उत्साहित भएको बताएकी छन् । आज सामाजिक सञ्जालमार्फत उनले भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गर्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण आफूले अपार स्नेह पाएको अनुभूति भएको बताइन् । दाहालले घरदैलो अभियानका क्रममा आम मतदाताबाट माया, विश्वास…