भक्तपुर, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अब सिंहदरवारलाई भक्तपुरले खोज्ने हैन, सिंहदरवारले भक्तपुर खोज्न थालेको बताउनुभएको छ । सर्वश्री बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले जग्गा एकिकरणको माध्यमबाट सवैको जग्गा संरक्षण हुने बताउँदै भन्नुभयो, ‘हनुमन्ते नदीको कोरिडोर भक्तपुर नगरपालिकामा…