संक्रमणदर उकालो लाग्दै, काठमाडौँ उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौँ, १२ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । संक्रमणको दृष्टिकोणले काठमाडौँउपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौँ उपत्यकामा दैनिक झण्डै २ सय…