‘वन विधेयक २०७५’ सर्वसम्मत स्वीकृत

काठमाडौँ, ९ भदौ । राष्ट्रियसभाको बैठकले ‘वन विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आइतबार राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष गणेश तिमल्सिनाले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गरेका थिए । छलफलमा उठेको प्रश्नका जवाफमा मन्त्री…