भेन्टिलेटर विदेशमै अड्कियो, आइसोलेसनमा नै संक्रमितको मृत्यु

काठमाडौँ, २० जेठ । कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमा अड्किएको छ । नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ । जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया…