काठमाडौँ, १७ जेठ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकका लागि सरकारले विभिन्न २० वटा नाकाहरु तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले भारतमा रहेका नेपालीहरुलार्य नेपाल प्रवेशका लागि २० वटा नाका तोकेको छ । नेपाल प्रवेशका लागि इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सुनसरीको कुनौली, सप्तरीको ठाडी, सिरहाको माडर,…