सरकारले १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउने

काठमाडौँ, १३ वैशाख । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा…