काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनाइ निर्वाचन गरायौँ । अब सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनु पर्ने बताएका छन ।…