खरिपाटीमा क्वारेन्टाइन राख्न नदिने नगरसभाको निर्णय

भक्तपुर, २५ माघ । चाँगुनारायण नगरपालिकाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राख्न नदिने भएको छ । शुक्रबारबाट सुरु भएको नगरपालिकाको छैटौँ नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै नगरपालिकाले सरकारलाई खरेपाटीको विकल्प खोज्न आग्रह गरेको छ । नगरसभाको पहिलो दिनको छलफलमा प्रवेश पाएको एक मात्रै एजेन्डा बनेको…