द्वन्द्वकालको रिस बाँकी छ भने दण्डित गर्नुस्, म तयार छु : संयोजक डा. बाबुराम

काठमाडौँ, २३ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन समयमा भएका काम कारवाहीमा कसैसँग रिस भए आफु दण्डित हुन तयार रहेको बताउनुभएको छ । बुधबार संसदलाई सम्बोधन गर्दै भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताउनुभयो ।…