भक्तपुर, २९ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा आएका कुनै पनि विकास निर्माणका कार्य तथा योजनाहरु फेरी फर्कने अवस्था आएमा नेपाल मजदुर किसान पार्टीलाई जनताले माफ नगर्ने चेतावनी दिनुभएको छ । भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनमा शनिवार आयोजित…