मोदीको रत्नपार्कमा विरोध : क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ पक्राउ

बैशाख २९, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको रत्नपार्कमा विरोध सभा नै आयोजना गरेको आरोपमा उनीहरुलाई दिउँसो नियन्त्रणमा लिइएको हो । गजुरेलसहित पक्राउ परेका २९ जनालाई परिसरको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा २४…