स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

दमक, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताएका छन । नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक सभालाई सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनरत मधेसवादी दललाई समेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास दिलाए ।…