मजदूरकै बलमा लोकतन्त्रको स्थापना : उपसभापति गच्छदार

वीरगञ्ज, १९ वैशाख । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भई नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको बताउनुभएको छ । १३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका नेपालमा भएको आन्दोलनमा मजदूरले खेलेको…