विगतको वीस वर्षमा भएको विकास भन्दा आगामी तीन वर्षमा त्यसको दोव्वर हुन्छ : सांसद बस्नेत

भक्तपुर, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतको वीस वर्षमा भएको विकास भन्दा आगामी तीन वर्षमा हुने विकास त्यसको दोव्वर हुने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पाइलट बाबा आश्रम घ्याम्पेडाँडा सिलामगाल सडक डिभिजन अन्तर्गतको सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले…