जेनजी मुभमेन्ट अलायन्सद्वारा कालोपट्टी बाँधेर माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन

काठमाडौँ, २ चैत । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । आज अलायन्सले काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो । आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अलायन्सले बिहान ११ बजेदेखि आँखामा…